नेकपा विप्लव समुहका सर्लाही–महोत्तरी इन्चार्ज सुस्लिङ पक्राउ

3.9k Shares

 नेपाल कम्युनिष्ट पार्टी (नेकपा विप्लव) समुहका सर्लाही–महोत्तरी इन्चार्जलाई प्रहरीले पक्राउ गरेको छ । विप्लव समुहका सर्लाही–महोत्तरी इन्चार्ज कमलबहादुर सुस्लिङलाई प्रहरीले आइतबार साँझ पक्राउ गरेको जनाएको छ ।
सर्लाही–महोत्तरी इन्चार्ज सुस्लिङलाई चन्दा आतंक मचाएको आरोपमा आइतबार साँझ महोत्तरीको गौशाला नगरपालिकाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्याल महोत्तरीले जानकारी दिएको छ । प्रदेश नम्बर २ प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय महोत्तरीको संयुक्त टोलीले गौशाला नगरपालिका ११ स्थित तारेचौरीबाट सर्लाही–महोत्तरी इन्चार्ज सुस्लिङलाई नियन्त्रणमा लिएको महोत्तरीका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले बताउनु भयो । चन्दा आतंक मच्चाएको आरोपमा प्रहरीले उनलाई सर्वाधिक खोजीको सूचीमा राखेको थियो । प्रहरीको वशेष टोलीले उनको खोजी कार्य जारी राखेको र नियन्त्रणमा लिन सफल भएको बताएको छ । 
पछिल्लो समयमा सर्लाही तथा महोत्तरीको चुरे क्षेत्रमा  नेकपा विप्लव समुहले आफ्नो विशेष गतिविधिहरु गरि राखेको प्रहरीको अनुसन्धानले देखाएको छ । भने प्रहरीले नेकपा विप्लव समुहको गतिविधिलाई नियाली रहेको प्रदेश प्रहरी कार्यालय प्रदेश नं. २ ले जनाएको छ । विभिन्न कार्यक्रमहरुको बाहनामा नेकपा विप्लव समुहले व्यापारी व्यावसायीहरु,कर्माचारीहरु,विद्यालयहरु र ठेकेदारहरुसंग चन्दा आतंक गरि रहेको पाएपछि प्रहरीले आफ्नो अनुसन्धानलाई जारी जारि राखेको प्रहरीले जनाएको छ । नेपाल सरकारले नेकपा विप्लव समुहलाई खुल्ला कार्यक्रम गर्न प्रतिवन्ध लगाएको भएपनि उसले आफ्ना गतिविधिहरु निरन्तर गरि रहेको थियो । 

सम्बन्धित समाचार