लालबन्दी नगरपालिका १७ मा शंकास्पद बेवारिसे शव फेला

3.2k Shares

पूर्व–पश्चिम लोकमार्ग स्थित सर्लाहीको लालबन्दी नगरपालिका १७ रानिगन्जमा सडक छेउमै शंकास्पद अवस्थामा बेवारिसे शव फेला परेको छ । लालबन्दी नगरपालिका १७, रानिगन्जस्थित कालिन्जोर पुल नजिकै नाम, वतन खुल्न नसकेको पुरुषको शव फेला परेको ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी प्रमुख प्रहरी निरिक्षक निर्मल थापाले जानकारी दिनु भयो । उहाँका अनुसार पूर्व–पश्चिम लोकमार्गको छेउमै सडक भन्दा उत्तरतर्फ फेला परेको बेवारिसे शवको परिचय खुलाउने प्रयास भइरहेको छ ।
पूर्व–पश्चिम लोकमार्गमा हिँडेका मानिसहरुले शव देखेपछि प्रहरीलाई खबर गरेका र खबर पाउना साथ ईलाका प्रहरी कार्यालयको प्रहरी टोली घटनास्थलमा पुगेको थियो । मृतकको टाउको र घाँटीमा चोट रहेकाले घटना शंकास्पद रहेको प्रहरीले जनाएको छ ।
घटनास्थलमा जिल्ला प्रहरी कार्यालय र प्रदेश प्रहरी कार्यालय जनकपुरबाट तालिम प्राप्त कुकुर मगाइएको प्रहरी निरीक्षक थापाले बताउनु भयो । घटना  शंकास्पद भएकाले जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक कृष्ण प्रसाई पनि घटनास्थलमा पुग्नु भएको छ ।

सम्बन्धित समाचार