किशोर किशोरीको समग्र विकासका लागि तालिम सुरु

1k Shares

सर्लाहीको बागमतीमा बिहीबारबाट किशोर किशोरीको समग्र विकासका लागि तालिम सुरु भएको छ । बागमती सेवा समाज नेपालको आयोजनामा १० दिने बाल स्पोन्सरशीप परियोजना अन्तर्गत किशोर किशोरीको समग्र विकासका लागि तालिम सुरु भएको हो ।
बागमती नगरपालिकामा रुपान्तरण जीवन उपयोगी शिप प्रशिक्षक प्रशिक्षण तालिम सुरु भएको बागमती सेवा समाज नेपालका अध्यक्ष भरत कार्कीले जानकारी दिए । तालिममा जिल्लाको हरिपूर्वा नगरपालिका र पर्सा गाउँपालिकाका २४ जना किशोर किशोरीको सहभागिता रहेको छ ।
पछिल्लो समय समाजमा किशोर किशोरीलाइ समयमै सकरात्मक ज्ञानको विकास गराउन नसक्दा गलत बाटो रोज्ने गरेकाले असल बाटोमा डोर्याउन यस किसिमको तालिम प्रदान गरिएको बागमती सेवा समाज नेपाललेृ जनाएको छ । समाजमा ब्याप्त दाईजो प्रथा, बालविवाह,स्वास्थ्य र शिक्षामा भइरहेको बेथिती अन्त्य गर्नमा तालिमले मद्धत पुग्ने आयोजकले विश्वास लिएको छ ।
तालिममा सहभागी प्रशिक्षार्थी हरिपुर्वा र पर्साका स्थानिय विद्यालयमा ९ देखि १२ कक्षामा अध्ययनरत् छात्रछात्रा रहेका छन् । बागमती सेवा समाज नेपालको आयोजना,वल्र्ड भिजन इन्टरनेशनल नेपाल,नेपाली जुटौ बालविवाह रोकौको सहयोग तथा हरिपूर्वा नगरपालिका र पर्सा गाउँपालिकको समन्वयमा तालिम सञ्चालन भएको परियोजना संयोजक प्रमेश बादेले  बताए ।

सम्बन्धित समाचार