लालबन्दी ९ मा असार १५ गतेबाट सुरु भएको ७ दिने महिला नेतृत्व क्षमता विकास तालिम सम्पन्न

1.3k Shares

दुर्गा कुमारी अधिकारी
सर्लाहीको लालबन्दी नगरपालिका ९ मा असार १५ गते शुक्रबारबाट सुरु भएको महिलाहरुको नेतृत्व क्षमता विकास तालित (आज)बिहीबार सम्पन्न भएको छ । लालबन्दी नगरपालिका ९ को संयोजना तथा कमलामाई मिडिया प्रा.लिको आयोजनामा असार १५ गते शुक्रबारबाट सुरु भएको ७(सात)दिने महिला नेतृत्व क्षमता विकास तालिम आज(बिहीबार) सम्पन्न भएको हो ।


लालबन्दी नगरपालिका ७ स्थित रहेको कृषि थोक बजार व्यावस्थापन समितिको सभा हलमा ७ दिन सम्म सञ्चालन भएको तालिमको समापन सत्रमा लालबन्दी नगरपालिकाका नगर प्रमुख बासुदेव अधिकारी,नगर उप प्रमुख कल्पना माया पाख्रिङ,लालबन्दी नगरपालिका ९ का निवर्तमान वडा अध्यक्ष गोपाल घिमिरे लगायतको विशेष उपस्थिति रहेको थियो ।


लालबन्दी नगरपालिका ९ को संयोजना तथा  कमलामाई मिडिया प्रा.लिको आयोजनामा भएको तालिमको समापन सत्रका प्रमुख अतिथि एवम लालबन्दी नगरपालिकाका नगर प्रमुख अधिकारीले महिला जागरुक बनाउने काममा थोरै भएपनि लगानी गरेको र सदुपयोग भएको बताए । उनले आयोजक कमलामाई मिडिया प्रा.लिदलाई धन्यवाद दिँदै आफुले अपेक्षा गरे अनुसारको तालिम भएको बताए ।


तालिमको समापन सत्रका प्रमुख अतिथि समेत रहेका लालबन्दी नगरपालिकाका नगर प्रमुख अधिकारीले आफुले आफ्नो पाँच वर्षे कार्यकालमा कमसेकम वर्षमा एउटा देखिने र उपलब्धमिुलक काम गर्ने बताए । उनले आफ्नो कार्यकालमा कोही कसैले कमिसन लिनदिने काम नगर्ने र हुन नदिने बताउनुका साथै शिक्षा,स्वास्थ्य,सडक पुर्वाधार,खेलकुद,पर्यटन र जातिय सांस्कृतिक महत्वका कुरालाई प्राथमिकता दिने बताए । उनले आफु अरुका कुरा सुनेर सोही कुरामा नअल्झीने बताउँदै  आफु अगाडि बढि सकेकाले आलोचना गर्नेहरुको संख्या बढेको समेत बताए ।


त्यसैगरी लालबन्दी नगरपालिकाकी नगर उप प्रमुख पाख्रिङले लालबन्दी नगरपालिकाले महिलाहरुलाई विशेष प्राथमिकतामा  राखेर काम गर्ने र अहिलेको तालिमले निकै सार्थकता पाएको बताईन् । उनले आगामी दिनहरुमा महिलाहरुका लागि विभिन्न किसिमका तालिमहरु सञ्चालन गर्दै महिलाहरुलाई आत्मा निर्भर बनाउने र ७ दिन सम्म चलेको महिला नेतृत्व क्षमता विकास तालिमले निकैै साथृकता पाएको बताईन् ।


७ दिन सम्म सञ्चालन भएको तालिममा सहभागी भई प्रशिक्षित भएकी अनिता देवकोटाले सञ्चालन गरेको कार्यक्रममा लालबन्दी नगरपालिका ९ का वडा अध्यक्ष नारायण अधिकारीको अध्यक्षता रहेको थियो । ठाकुर प्रसाद बख्रेल(मनोज)ले प्रशिक्षण गरेको तालिममा लालबन्दी नगरपालिका ९ का २६ जना महिलाहरुको उत्साहजनक सहभागीता रहेको र कमलामाई मिडिया प्रा.लिका सञ्चालक एवम प्रवन्ध निर्देशक तथा तालिमका प्रशिक्षक शंखर पहाडी(गौरब)ले जानकारी दिए ।


उनका अनुसार राजनीतिक तथा अन्य विभिन्न कारणले पटक पटक कार्यदेश लिएर पनि सञ्चालन हुन नसकेको तालिम सञ्चालनका लागि चार पटक कार्यदेश लिनु परेको थियो । आर्थिक वर्ष २०७७/०७८,२०७८/०७९ र २०७९/०८० मा गरी ४ पटक कार्यादेश लिएको भएपनि विभिन्न महामारीहरुका साथै स्थानीय तहको निर्वाचन र अन्य विभिन्न कारण सञ्चालन हुन नसकेको तालिम यस पटक भव्य रुपमा सम्पन्न भएको लालबन्दी नगरपालिका ९ का निवर्तमान वडा अध्यक्ष घिमिरेले बताए ।


तालिममा सहभागी भएका लालबन्दी नगरपालिका ९ मा महिलाहरुले आफुले सात दिनको तालिममा धेरै कुरा सिकेको र आफुले सिकेका कुरा व्यवहारमा उतार्ने प्रतिवद्धता जनाएका छन् ।

सम्बन्धित समाचार