सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाबाट विभिन्न पार्टी परित्याग गरि सयौँ नेताकार्यकर्ताहरु नेकपा(माओवादी केन्द्र)मा प्रवेश गरेका छन् । माओवादी केन्द्रले सुरु गरेको ३ महिने संगठन सुदृढिकरण अभियान अन्र्तगत हरिहरपुरगढी गाउँपालिका २ झनझनेमा भएको कार्यक्रममा हरिहरपुरगढी गाउँपालिका भित्रका विभिन्न पार्टी परित्याग गरि सयौँ नेता कार्यकर्ताहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन ।
हरिहरपुरगढी गाउँपालिका ७ का निवर्तमान वडा अध्यक्ष बालकृष्ण नेपालको नेतृत्वमा नेपाली कांग्रेस र नेकपा(एमाले) पार्टी परित्याग गरि करिब ३ सय जना नेता कार्यकर्ताहरु माओवादी केन्द्रमा प्रवेश गरेका माओवादी केन्द्र हरिहरपुरगढीले जनाएको छ ।२०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली काग्रेसबाट हरिहरपुरगढी गाउँपालिका ७ को वडा अध्यक्षमा निर्वाचित भएका नेपालको नेतृत्वमा नेपाली काग्रेस र नेकपा(एमाले) छोडेर करिब ३ सय जना नेता कार्यकर्ताहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
माओवादी केन्द्रले सुरु गरेको ३ महिने संगठन सुदृढिकरण अभियान अन्र्तगत हरिहरपुरगढी गाउँपालिका २ झनझनेमा भएको कार्यक्रममा माओवादी केन्द्रका उप महासचिव एवम पुर्व मन्त्री जनार्दन शर्मा(प्रभाकर)ले नवप्रवेशी नेता कार्यकर्ताहरुलाई टिका र अवीर लगाएर माओवादी केन्द्रमा स्वागत गरेका हुन ।कार्यक्रममा सिन्धुली क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य लेखनाथ दाहाल(राजन),मरिण गाउँपालिकाका अध्यक्ष विर्मश मोक्तान(प्रख्यात) लगायत माओवादी केन्द्रका विभिन्न तह र तप्काका नेता कार्यकर्ताहरुको विशेष उपस्थिति रहेको थियो ।