मलंगवा ९ मा ३ वटा यात्रु बसका चालक र सहचालक माथी कुटपिट

631 Shares

सर्लाहीको मलंगवा नगरपालिका ९ स्थित पुरानो बसपार्कमा ३ वटा यात्रु बसका चालक र सहचालक माथी कुटपिट भएको छ । मलंगवा नगरपालिका ९ स्थित रहेको पुरानो बसपार्कमा आईपुगेको ३ वटा यात्रु बसका चालक र सहचालक माथी स्थानीय यातायात व्यावसायीले कुटपिट गरेको मलंगवा यातायात प्रा.लिका अध्यक्ष राजिव यादवले जानकारी दिए ।उनका अनुसार स्थानीय यातायात व्यावसायी दिपलाल महतोले बा २ ख ५४२१,बा ४ ख ५०९४ र ग १ ख ९२८९ नम्बरका यात्रु बसका चालक र सह चालकलाई मलंगवा नगरपालिका ९ स्थित पुरानो बसपार्कमा कुटपिट गरेका हुन ।

मलंगवा यातायात प्रा.लिका अध्यक्ष यादवले र यातायात व्यासायी महतोविचमा पटक पटक सामान्य विषयमा पनि विवाद हुँदै आएको थियो ।राज्यले ठुलो रकम खर्चेर मलंगवा नगरपालिका २ मा बसपार्क निर्माण गरी सञ्चालनमा ल्याएको भएपनि महतो समुहका यातायात व्यावसायीहरु पुरानै बसपार्क मलंगवा नगरपालिका ९ बाटै आफु निकटका यात्रु बसहरु सञ्चालन गरि रहेका थिए । मलंगवा यातायात प्रा.लिका अध्यक्ष यादवले राज्यले यति ठुलो लगानि गरेर मलंगवा नगरपालिका २ मा बसपार्क निर्माण गरि दिएको र सञ्चालनमा आई सकेका कारण सबै यात्रु बसहरु सोही स्थानबाट सञ्चालन हुने पर्ने पक्षमा रहेका भएपनि महतो समुह मलंगवा नगरपालिका ९ स्थित पुरानै बसपार्कबाट बस सञ्चालन गर्नु पर्ने पक्षमा रहेका छन् । जसका कारण उनीहरुवीच पटक पटक विवाद हुँदै आएको यातायात व्यावसायीहरुको भनाई छ ।

यता,महतो समुहको आक्रमणबाट मलंगवा यातायात प्रा.लिबाट सञ्चालित यात्रु बसका चालकहरु पटक पटक कुटिएका भन्दै प्रहरीमा उजुरी पर्ने गरेको र महतो पक्राउ परेपनि छुट्ने गरेका कारण घटना पटक पटक दोहोरिने गरेको मलंगवा यातायात प्रा.लिको भनाई छ ।मलंगवा नगरपालिका २ मा निर्माण भएको बसपार्क केही महिना पहिला उद्घाटन भई हाल आंशिक रुपमा सञ्चालनमा रहेको छ ।

सम्बन्धित समाचार