
सर्लाहीको बागमतीमा साप्ताहिक फुटवल क्लिनिक सुरु भएको छ ।शुक्रवार एक कार्यक्रममा विच बागमती यूवमा क्लवको खेलमैदानमा फुटवल क्लिनिक सुरु गरिएको बागमती नगरपालिकाको खेलकुद समितिका संयोजक एवम बागमती युवा क्लबका महासचिव सागर मैनालीले जानकारी दिए ।उनका अनुसार क्लिनिक अन्तरगत बागमती नगरपालिका भित्रका ८ देखी १३ वर्ष उमेर समुहका ८० जना बालबालिकाहरुलाई फुटवल प्रशिक्षण सुरु गरिएको हो ।
बालबालिकाको प्रशिक्षणको लागि एक साता सम्म चार जना प्रशिक्षक परिचालन गरिने अखिल नेपाल फुटबल संघ (एन्फा)का ग्रासरुट प्रशिक्षक पंकज बहादुर शाहीले बताए । उनका अनुसार सहभागि बालबालिकाहरुले दैनिक पोषणयुक्त खानेकुरा खान केही रकम समेत प्राप्त गर्ने छन् ।बालबालिकालाई सानै देखी खेल क्षेत्रमा प्रोत्साहन गर्ने उद्धेश्यसहित कार्यक्रम संचालन गरिएको नेपाल फुटबल संघ (एन्फा)का ग्रासरुट प्रशिक्षक शाहीले बताए ।एफसी फुटबल एसोसिएसनको लगानी तथा एन्फाको संयोजनमा प्रशिक्षण कार्यक्रम सुरु भएको हो ।
बागमती नगरपालिका ११ स्थित स्व.सन्तोष श्रेष्ठ स्मृती खेलमैदानमा आयोजित कार्यक्रममा बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापाको प्रमुख आतिथ्यता रहेको थियो ।कार्यक्रममा एन्फाका उपाध्यक्ष दावा लामा,बागमती नगरपालिकाकी नगर उप प्रमुख लिला कुमारी मोक्तान,बागमती नगरपालिका ११,का वडाध्यक्ष प्रदिप आचार्य र एन्फाका ग्रासरुट प्रशिक्षण्क शाही लगायतको आतिथ्यता रहेको बागमती यूवा क्लवका अध्यक्ष किष्मत राज मैनालीले जानकारी दिए ।