स्व.कोईरालाको नारायण जनता मावि र नवजीवन विधाश्रममा श्रद्धान्जली सभा

363 Shares

सर्लाहीको लालबन्दी नगरपालिका १२ जियाजोर स्थित रहेको नारायण जनता माविले पूर्व प्रधानाध्यापक स्व.मेघराज कोइरालाको श्रद्धान्जली सभा गरेको छ ।लालबन्दी नगरपालिका २ स्थित जुटपानी निवासी स्व.कोइराला नारायण जनता माध्यमिक विद्यालयका पुर्व प्रधानाध्यापक हुन ।उनी सो विद्यालयमा २०४७ जेठ देखि २०६१ सम्म कार्यरत रहेका थिए ।

त्यसपछि उनी लालबन्दी नगरपालिका ४ स्थित हरिभवनमा रहेको शिशु कल्याण मावि, लालबन्दी नगरपालिका २ स्थित जुटपानीमा रहेको नवजीवन विधाश्रममा कार्यरत रहेका उनको पारिवारिक स्रोतले जनाएको छ । उनको सम्झनामा मंगलबार लालबन्दी नगरपालिका १२ जियाजोर स्थित रहेको नारायण जनता मावि र लालबन्दी नगरपालिका २ स्थित रहेको नवजीवन विधाश्रममा पनि श्रद्धान्जली कार्यक्रम गरिएको छ ।

लालबन्दी नगरपालिका १२ जियाजोर स्थित रहेको नारायण जनता माविका अध्यक्ष श्यामलाल थोकरको  अध्यक्षता एवम लालबन्दी नगरपालिका १२ का वडा अध्यक्ष दुर्गा बहादुर आले मगरको प्रमुख आतिथ्यतामा श्रद्धान्जली सभा गरिएको नारायण जनता माविले जनाएको छ ।श्रद्धान्जली सभा सहभागीहरुले स्व.कोइरालाको तस्विरमा फूलमाला,अबिर लगाइ श्रद्धान्जली अर्पत गरेका थिए ।

विद्यालयको भौतिक विकास र शैक्षिक गुणस्तरमा लागि रहने स्व.कोईराला त्यस अघि तनहुँको दुईवटा माध्यमिक विद्यालयमा शिक्षण सेवामा कार्यरत रहेका पारिवारिक स्रोतले जनाएको छ । श्रद्धान्जली सभा सहभागीहरुले स्व.कोइरालाको शैक्षिक योगदानको जतिनै चर्चा गरे पनि कमी हुने बताएका विद्यालयले जनाएको छ ।

सम्बन्धित समाचार