नेपालमा फ्रान्सेली ब्रान्ड सिट्रोनको आधिकारिक वितरक सांग्रिला मोटर्स प्राइभेट लिमिटेडले ई–सी३ लाइन–अपको प्रिमियम मोडल सिट्रोन ई–सी३ शाइन नेपालमा सार्वजनिक गर्ने भएको छ।
नेपाली बजारमा चाँडै आउने यो नयाँ भेरियन्टले धेरै परिष्कृत सुविधाहरू समेटेकोले ड्राइभिङ अनुभवलाई नयाँ उचाइमा पु¥याउने कम्पनीको दाबी छ।
उच्च प्रविधि र परिष्कृत सुविधाहरूले सुसज्जित सिट्रोन ई–सी३ शाइन, कार उत्साहीहरूका लागि उपयुक्त विकल्प हुनेछ जसले स्टाइल र फिचर दुवैलाई महत्व दिने कम्पनीले जनाएको छ।
यसमा थपिएका अगाडि र पछाडिको स्किड प्लेटहरू, रियर क्यामेरा, रियर वाइपर, रियर डिफ्रोस्टर, लेदर ¥याप्ड स्टेयरिङ ह्वील, एलोय ह्विलहरू, र इलेक्ट्रिकल ओआरभीएमहरूजस्ता नयाँ सुविधाहरु सबैलाई उत्कृष्ट ड्राइभिङ अनुभव प्रदान गर्न डिजाइन गरिएको हो ।
‘सिट्रोनको ई–सी३ शाइनले विद्युतीय गाडीहरुको गतिशीलतालाई नेपाली बजारमा थप पहुँच योग्य बनाउँदै विशिष्ट अनुभव प्रदान गर्नेछ’, कम्पनीले भनेको छ, ‘सिट्रोन ई–सी३ शाइन र यसको आधिकारिक सार्वजनिक हुने बारे थप जानकारीको लागि सिट्रोनको अफिसियल वेवसाइट तथा शोरूममा गई थप जानकारी लिन सक्नुहुनेछ।’