जनमत पार्टीका महासचिव चन्दन कुमार सिंहले मधेशमा जनता समाजवादी पार्टीको विरुद्धमा सबै दलहरु एकजुट रहेको बताएका छन् । जनमतको मधेश प्रदेश सभा संसदीय दलका प्रमुख सचेतक सिंहले अब मधेशमा जनमतको नेतृत्वमा सरकार बन्ने बताए । मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकारले मधेश र संघीयताकै बदनाम गराएको उनको आरोप छ ।
‘जसपाको विरुद्धमा सबै पार्टी एक भएका छन्, सबै पार्टी एक ढिक्का भएका छन् । जसपा सरकारमा हुन हुँदैन सबैको चाहना हो । डेढ वर्षदेखि प्रदेशको नेतृत्व यस्तो पार्टी र मान्छेमा गएको छ कि पूरै प्रदेश र संघीयतालाई बद्नाम गर्न खोजिएको छ,’– उनले भने ।
साथै, मधेश सरकार आफू वा जनमत संसदीय दलका नेता महेश प्रसाद यादवको नेतृत्वमा बन्ने उनले बताए । नेता सिंहले केन्द्रीय अध्यक्ष डा. सिके राउतले जसलाई सिफारिस गर्यो, उही मधेश प्रदेश सरकारको नेतृत्वमा पुग्ने बताए ।
साथै, लोकतान्त्रिक समाजवादी पार्टी पनि जनमतको साथमा रहेको उनले बताए । मधेश प्रदेशबारे आफूहरु भोलिसम्म निश्कर्षमा पुग्ने उनले बताए । एमाले र माओवादीले जनमतलाई साथ दिएको उनको भनाइ छ ।