काठमाण्डू: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ पर्नसक्ने अड्कलले नेपाली राजनीतिक वृत्तमा हलचल मच्चाएको छ। शुक्रबार बानेश्वरमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलाएको विपक्षी दलहरूको बैठकमा लामिछाने पक्राउ पर्न सक्ने संकेत गरेका हुन्।
प्रचण्डले यसअघि प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग बालुवाटारमा गरेको छलफलको आधारमा विपक्षी दलहरूसँग रविको सम्भावित गिरफ्तारीबारे चासो व्यक्त गरेका थिए। यसैबीच, रविले विपक्षी दलहरूलाई आफ्नो पक्षमा उभिन प्रस्ताव गरेको पनि बैठकमा उपसि्थत एक नेताले बताए ।
लामिछानेले सहकारी प्रकरणमा सरकार आफूलाई फसाउने योजनामा लागेको आरोप लगाएका छन्। पक्राउको चर्चा चल्नासाथ पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा नेता-कार्यकर्ताको चहलपहल बढेको छ। यसअघि पनि यस्तै चर्चा हुँदा पार्टी कार्यालयमा भिड बढेको थियो, र अहिले फेरि त्यस्तै स्थिति देखा परेको छ।
विपक्षी दलहरूले यो घटनालाई गम्भीरतापूर्वक लिएका छन्, जसले नेपाली राजनीतिमा नयाँ मोड ल्याउनसक्ने आँकलन गरिएको छ।