
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा सम्पन्न प्रतिपक्षी दलहरूको बैठकले सरकारलाई जनसरोकारका महत्त्वपूर्ण विषयमा तत्काल ध्यानाकर्षण गराउन ज्ञापन पत्र बुझाउने निर्णय गरेको छ। माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेतले बैठकमा सरकारको निष्क्रियता र जनचासोका मुद्दाहरूमा गम्भीरता नदेखाएको विषयमा व्यापक छलफल भएको बताए।
बैठकले सरकारलाई जनहितका सवालमा कदम चाल्न आग्रह गर्दै, सरकारबाट सकारात्मक प्रतिक्रिया नआए विशेष अधिवेशन बोलाउने परिस्थितिसम्म पुग्न सक्ने चेतावनी दिएको छ। बाढी, पहिरो लगायतका प्राकृतिक विपत्तिमा पूर्व तयारी, खोज, उद्धार, उपचार र पुनःस्थापनामा सरकारले गम्भीरता नदेखाएको निष्कर्ष बैठकले निकालेको हो।
बस्नेतका अनुसार, सरकारले पार्टीगत स्वार्थलाई प्राथमिकता दिएको महसुस गरिएको र यसले जनताको पीडामा ध्यान नदिएको प्रतिपक्षी दलहरूले ठहर गरेका छन्।