२४ असार २०७६, मंगलवार १०:१६   71 पटक हेरिएको

असार २३,काठमाडौं । लिभिङ विथ आइसिटीको आयोजनामा साउन ३२ गते लागेको चौथो संस्करणको ‘आइसिटी अवार्ड २०१९’ हुन लागेको छ । ‘आइसिटी अवार्ड २०१९’ अन्तर्गत ९ विधामध्ये ३ विधाका शीर्ष ११ को घोषणा गरिएको छ । ११ सदस्यीय निर्णायक समूहले विभिन्न चरण र छनोट प्रक्रियामार्फत् शीर्ष ११ को टुंगो लगाएको हो ।
यी ३ विधाअन्तर्गत स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड र राइजिङ स्टुडेन्ट आइसिटी अवार्डका उत्कृष्ट ११ प्रतिष्पर्धीको नाम सार्वजनिक गरिएको जानकारी जुरी समूहले दिएको छ । आइसिटी स्टार्टअप अवार्ड २०१९ अन्तर्गत विभिन्न ९ विधाका लागि १ सय ५० बढीले अनलाइन आवेदन दिएका थिए । सेल्फ नोमिनेशनबाट प्राप्त आवदेन, डकुमेन्ट र प्रोफाइलको अधारमा स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड र राइजिङ स्टुडेन्ट आइसिटी अवार्डको लागि उत्कृष्ट ११ को छनौट गरिएको हो ।
प्रडक्ट आइसिटी अवार्ड २०१९ अन्तर्गत कुल २६ प्रडक्टको अनलाइन आवेदन परेको थियो । यसअन्तर्गत शीर्ष ११ मा विधाना, डेल्टा सेल्स एप, डिजिटल एड नेटवर्क प्लाटफर्म, प्रोमिस टु सेक्युर, इन्सपेला, खोज इन्फो, एमबैंक, मेडिफ्लो सिस्टम एन्ड सर्भिसेस, स्कुल म्यानेजमेन्ट सिस्टम, श्रीयोग डटकम र सर्भे म्यानेजमेन्ट सिस्टम पर्न सफल भएका छन् ।
यस मध्ये डेल्टासेल्स एप विराटनगरमा रहेको डेल्टाटेक कम्पनिले बनाएको हो । कुनै पनि कम्पनिले आफनो सेल्स म्यानलाई ट्रयाक गर्न सक्ने क्षमता भएको यो एपसबाट गा्रहक व्यवस्थापन,प्रडक्ट व्यवस्थापन,कर्मचारी व्यवस्थापन जस्ता विभिन्न काम गर्न सकिन्छ । कुनै पनि क्मपनिले एउटै एपस मार्फत धेरै काम गर्ने भएको हुनाले अहिले यो एप्स बजारमा लोकप्रीय बन्दै गएको छ ।
त्यसैगरी राइजिङ आइसिटी अवार्ड २०१९ मा कुल २० ओटा आवेदन परेको थियो । कलेज पढ्दै गरेका विद्यार्थीले बनाएका इन्नोभेटिभ प्रोजेक्टहरुबीच प्रतिष्पर्धा गराइने यो विधाबाट उत्कृष्ट ११ मा बचाओ एप, हेल्प इआर, नयाँ किनमेल, प्रशासन ई, रक्तदान, स्मार्ट बोट फर रेक्स्यु, वाटर टेस्टर एप, इमेज सर्भ इन्जिन, नेपाली स्टेमिङ, भिनसेल फेस र ट्रिप सहयात्री छानिन सफल भएका छन् ।
यी तीन विधाका उत्कृष्ट ११ ले आगामी असार २८ गते शनिवार ११ जना जुरीको माझ प्रेजेन्टेशन, स्पिड डेटिङ र अन्तवार्ता सेसनमा सहभागी हुने छन् । त्यसबाट छानिएका उत्कृष्ट ५र५ प्रतिष्पर्धीका लागि अनलाइन तथा एसएमएस भोटिङ सुरु हुने छ । यस वर्ष उत्कृष्ट ११ मा प्रत्येक विधामा २ भन्दा बढि प्रतिस्प्रधिहरु काठमाण्डौ वाहिरबाट समावेश भएका छन ।
साउन ३२ गते अवार्ड वितरण समारोहको आयोजना गरिने छ । सो समारोहको विभिन्न टेलिभिजन, अनलाइन मिडिया, फेसबुक, हाम्रो पात्रो एप लगायतमा प्रत्यक्ष प्रसारण हुनेछ ।