सर्लाहीको त्रिभुवननगरबाट ठुलो मात्रामा लागू औषध सहित २ जना पक्राउ

2.9k Shares

सर्लाहीको ब्रम्हपुरी गाउँपालिका ४ बाट ठुलो मात्रामा लागू औषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । नेपाल भारत सिमा नाका स्थित त्रिभुवननगरबाट प्रहरी चौकी त्रिभुवननगरको प्रहरी  टोलीले भारतबाट नेपातर्फ आउदै गर्दा जिल्लाको बागमती नगरपालिका  ११ का अन्दाजी वर्ष २० का रोशन शेर्मा र सोही स्थान निवासी अन्दाजी वर्ष २१ का रोहित बोटलाई लागू औषध नाइट्रोजेडपाम १ हजार २ सय १५ ट्याब्लेट सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
प्रहरीका अनुसार भारतबाट नेपाल तर्फ आउदै गर्दा शंका लागि चेकजाँच गर्ने क्रममा उनिहरुले प्रयोग गरेको  प्रदेश २ ०३ ००६ प ९२२९ नम्बरको मोटरसाईकलमा प्लाष्टिकको पोकामा राखेर ल्याउदै गरेको अवस्थामा उनिहरुको साथबाट लागू औषध नाइट्रोजेडपाम १ हजार २ सय १५ ट्याब्लेट बरामद् भएको  जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रविण पोख्रेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार  प्रहरी चौकी त्रिभुवननगरका प्रहरी प्रमुख प्रहरी बरिष्ट नायव निरिक्षक मोहनमणी कटुवालको नेतृत्वको प्रहरी टोलीले सो ठुलो मात्रको लागू औषध  सहित २ जना र मोटरसाईकल नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार नियन्त्रणमा लिएका दुवै जना सहित लागु औषध र मोटरसाईकल जिल्ला प्रहरी कार्यालय सर्लाहीको नियन्त्रणमा रहेका छन् ।

सम्बन्धित समाचार