सातौँ राजर्षी जनक कप माघ २५ बाट हुने,अन्यन्त्र कतैबाट सहयोग नपाएको आयोजकको गुनासो

1k Shares

मधेश प्रदेशकै सर्वाधिक धनराशी पुरस्कार भएको राजर्षी जनक कप फुटबल प्रतियोगिताको सातौँ संस्करण माघ २५ गतेबाट सुरु हुने भएको छ । सर्लाहीको बागमती नगरपालिका ११ स्थित रहेको स्व.सन्तोष श्रेष्ठ स्मृति खेल मैदानमा मधेश प्रदेशकै सर्वाधिक धनराशी पुरस्कार भएको राजर्षी जनक कप फुटबल प्रतियोगिताको सातौँ संस्करण माघ २५ गतेबाट सुरु हुने भएको हो ।
माघ २५ गतेबाट सुरु हुने सातौँ राजर्षी जनक कप फुटबल प्रतियोगीता फागुन ६ गते सम्म स्व.सन्तोष श्रेष्ठ स्मृति खेल मैदानमा सञ्चालन हुने आयोजक बागमती युवा क्लबका महासचिव  एवम बागमती नगरपालिकाका नगर खेलकुद संयोजक सागर मैनालीले जानकारी दिए । 
उनका अनुसार बागमती नगरपालिकाको आयोजनामा हरेक वर्ष हुने मधेश प्रदेशकै सर्वाधिक धनराशी पुरस्कार भएको राजर्षी जनक कप फुटबल प्रतियोगिताको प्रथम पुरस्कार रु १० लाख,दोस्रो पुस्कार रु पाँच लाख,सर्वाेत्कृष्ट सर्लाहीका एकजना खेलाडीलाई एकथान पल्सर मोटरसाईकल,सर्वाेत्कृष्ट एकजना खेलाडीलाई रु ५१ हजार नगद् पुरस्कार प्रदान गरिने छ ।
छैँटौँ राजर्षी जनक कपको उपाधि हेटौंडाको पिप्ले युवा क्लवले जितेको आयोजक बागमती युवा क्लवका अध्यक्ष किस्मतराज मैनालीले जानकारी दिनुभयो । उहाँका अनुसार  छैँटौँ राजर्षी जनक कप फुटबल प्रतियोगितामा मनाङ मत्स्याङदी क्लब काठमाडौं,नेपाल आइस हिमालयन शेर्पा क्लब काठमाडौं,पिप्ले युवा क्लब हेटौडा,आयोजक बागमती युवा क्लब सर्लाही,के.बि.ए. ग्लोबल बि.एफ.सी चितवन,न्यूरोड टिम (एन.आर.टी.)काठमाडौं,नव जागृती फुटबल क्लब सिमरा,नेपाल पुलिस क्लब काठमाडौं,सुदुरपश्चिम ११ धनगढी,मछिन्द्र फुटबल क्लब काठमाडौं,एभेनिर फुटबल क्लब क्यामरुन,सशस्त्र प्रहरी क्लब(ए.पी.एफ) काठमाडौंको सहभागिता रहेको थियो ।
भने,सातौँ राजर्षी जनक कप फुटबल प्रतियोगीतामा ए डिभिजन लिगका मच्छिन्द्र फुटबल क्लव काठमाडौं,चर्च ब्याईज युनाइटेड ललितपुर,शंकटा क्लब काठमाडौं,जावलाखेल युवा क्लव ललितपुर,नेपाल पुलिस क्लव काठमाण्डौँ र शसस्त्र प्रहरी क्लव काठमाडौ गरि ६ वटा टिम रहेका छन् भने सुदुरपश्चिम ११,धरान फुटबल क्लब, पिप्ले युवा क्लव, नवजन जागृति युवा क्लव, मोफसलका फुटबल क्लबहरुको सहभागीता रहने आईतबार भएको पत्रकार सम्मेलनमा आयोजक क्लब बागमती युवा क्लबका अध्यक्ष किस्मतराज मैनालीले जानकारी दिए ।
 उनका अनुसार युनाइटेड किङ्डम फुटबल क्लब भारत(विदेशी क्लव)हो भने आयोजक बागमती युवा क्लव सि डिभिजन लिगको क्लब गरी १२ वटा टिमको सहभागीता रहने भएको छ ।
प्रतियोगीताका हरेक विधाका उत्कृष्ट खेलाडीलाई नगद रु २५ हजार प्रदान गरिने अध्यक्ष मैनालीले बताउनु भयो । हरेक खेलका उत्कृष्ट खेलाडीलाई नगद रु २० हजार प्रदान गरिने छ । त्यसैगरी बागमती राइजिङ अफ द एयर हुने खेलाडीलाई मोटरसाइकल र फाइनल खेलका उत्कृष्ट खेलाडीलाई नगद रु ५१ हजार प्रदान गरिने आयोजकले जनाएको छ । आयोजक युवा क्लबका महासचिव मैनालीका अनुसार प्रतियोगिता संचालन गर्न रु ९९ लाख १२ हजार खर्च हुने अनुमान गरिएको छ ।
यस वर्ष आयोजक बागमती युवा क्लब सि डिभिजन लिगमा प्रवेश गरेका कारण यस वर्षको उपाधि आयोजकले नै राख्ने अनुमान गरिएको आयोजक बागमती युवा क्लबका सचिव कुमार प्रधानले जानकारी दिए ।
बागमती नगरपालिकाको आर्थिक सहयोगमा हरेक वर्ष हुने राजर्षी जनक कप फुटबल प्रतियोगीताको लागि प्रदेश र संघ सरकारबाट कुनै पनि सहयोग नरहेको बागमती नगरपालिकाका नगर प्रमुख भरतकुमार थापाले जानकारी दिए । उनले हरेक वर्ष प्रपोजल बनाएर प्रदेश सरकारको महिला,बालबालिका,युवा तथा खेलकुद मन्त्रालयमा पेश गरेपनि अहिले सम्म कुनै सहयोग प्राप्त भएको छैन ।

सम्बन्धित समाचार