ट्राफिक प्रहरी कर्माचारीहरुको आन्तरीक अदली बदलीमा प्रहरी उपरिक्षक भट्टराईको हस्तक्षेप,एकै पटक २५ जनाको आन्तरीक अदलीबदली

767 Shares

सर्लाहीको ट्राफिक प्रहरी पोष्ट कर्मैयाका प्रहरी जवानले सवारी चालकसंग दिन दहाडै कमिसन असुलेको भिडियो सार्वजनिक भएपछि नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी व्यावस्थापन कार्यालय पथलैया मधेश प्रदेश तर्सिएको छ ।
पटक पटक विभिन्न स्थानमा खटिएका ट्राफिक प्रहरी कर्माचारीहरुले असुली चलाएका प्रमाण सहित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी व्यावस्थापन कार्यालय पथलैया मधेश प्रदेशका प्रहरी प्रमुख प्रहरी उपरिक्षक सन्तोष कुमार भट्टराईलाई जानकारी गराउँदा भिडियो सहित जानकारी गराउनु भन्दै पञ्छीने गरेकामा विभिन्न सञ्चार माध्यामहरुले ट्राफिक प्रहरी पोष्ट कर्मैयाका प्रहरी जवान विकास कलवारले सवारी चालकसंग दिनदहाडै कमिसन असुलेको भिडियो सार्वजनिक गरेपछि तर्सिएका हुन ।
तर्सिएका  नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी व्यावस्थापन कार्यालय पथलैया मधेश प्रदेशका प्रहरी प्रमुख प्रहरी उपरिक्षक भट्टराईले जिल्ला ट्राफिक प्रहरी कार्यालयहरुले गर्दै आएको आन्तरीक अदलिबदलीमा पनि हस्तक्षेप गरेका छन् ।उनले यस अघि मधेश प्रदेशका जिल्ला ट्राफिक प्रहरी कार्यालयहरुले गर्दै आएका आन्तरीक अदलीबदलीलाई हस्तक्षेप गरि २५ जना ट्राफिक प्रहरी कर्माचारीहरुको आन्तरीक अदली बदली गरेका छन् । 
ट्राफिक प्रहरी कर्मचारीहरुलाई राजमार्ग बाहेकका अन्य ट्राफिक प्रहरी ईकाईहरुमा साउन २२ गतेबाट अनिवार्य रुपमा अदलीबदली गरी सो को जानकारी नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी व्यावस्थापन कार्यालय पथलैया मधेश प्रदेशलाई गराउन प्रहरी प्रमुख प्रहरी उपरिक्षक भट्टराईले जिल्ला ट्राफिक प्रहरी कार्यालयहरुलाई निर्देशन दिएका छन् । साथै उनले अवोप्रान्त मधेश प्रदेशका जिल्ला ट्राफिक प्रहरी कार्यालय मातहतका ट्राफिक प्रहरी कर्माचारीहरुको अदलीदबली गर्दा सो को जानकारी अनिवार्य रुपमा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी व्यावस्थापन कार्यालय पथलैया मधेश प्रदेशलाई जानकारी गराउन निर्देशन दिएका छन् ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी व्यावस्थापन कार्यालय पथलैया मधेश प्रदेशले जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा,रौतहट र महोतरी बाहेकका जिल्लाका पुर्व पश्चीम राजमार्गमा कार्यरत रहेका ट्राफिक प्रहरी कर्माचारीहरुलाई राजमार्ग भन्दा भित्र आन्तरीक अदली बदली गरि दिएका छन् । उनले  सप्तरीका ७ जना,सिरहाका २ जना,धनुषाका १ जना,सर्लाहीका १० जना र बाराका ५ जना गरी कुल २५ जनालाई राजमार्ग भन्दा भित्र आन्तरीक अदली बदली गरेका हुन । जसमा प्रहरी नायव निरिक्षक,प्रहरी सहायक निरिक्षक,प्रहरी बरिष्ठ हबल्दार,प्रहरी सहायक हबल्दार र प्रहरी जवान रहेका छन् ।
जसमा सप्तरीका प्रहरी सहायक निरिक्षक टेक बहादुर बस्नेत,शंकर साह र तेज प्रसाद खतिवडा,प्रहरी बरिष्ठ हबल्दार नर्वदा फुँयाल,प्रहरी सहायक हबल्दार सतिष कुमार चौधरी,प्रहरी जवानहरु मिथिलेश कुमार यादव र राज किशोर चौधरी रहेका छन् । सिरहाका प्रहरी सहायक निरिक्षक सचेन्द्र प्रसाद यादव र प्रहरी सहायक हबल्दार नवराज भट्टराई रहेका छन् । धनुषाका प्रहरी बरिष्ठ हबल्दार दिपेन्द्र कुमार झा,सर्लाहीका प्रहरी सहायक निरिक्षक नर्वदेश्वर पाठक,प्रहरी हबल्दारहरु भगवान केसी,विनय कुमार अधिकारी,सुबोध कुमार यादव,कर्ण बहादुर कुमाल,प्रहरी सहायक हबल्दार लक्ष्मी कुमारी गोले र कुल बहादुर कटुवाल त्यसैगरी प्रहरी जवानहरु राजदेव राम,सागर कुमार यादव र जय किशोर यादव रहेका छन्  भने बाराका प्रहरी नायव निरिक्षक दिलिप कुमार यादव,प्रहरी बरिष्ठ हबल्दार शम्भु प्रसाद चौहान,प्रहरी हबल्दार सुरेश कार्की र रुपलाल चौधरीलाई नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी व्यावस्थापन कार्यालय पथलैया मधेश प्रदेशका प्रमुख एवम प्रहरी उपरिक्षक भट्टराईले आन्तरीक अदली बदली गरेका नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी व्यावस्थापन कार्यालय पथलैया मधेश प्रदेशका प्रहरी निरीक्षक कैलाश कुमार खत्रीद्धारा हस्ताक्षर गरेको पत्रमा उल्लेख छ । तर यी जिल्ला ट्राफिक प्रहरी कार्यालयहरुमा कार्यरत रहेका केही विवादित ट्राफिक प्रहरी कर्माचारीहरु हाल पनि सोही स्थानमा रहि रहेका छन् ।

सम्बन्धित समाचार