हरिवन ८ को महादेव जनता नमुना माविका प्र.अ. सिंह र शिक्षक कार्की सेवानिवृत्त

284 Shares

सर्लाहीको हरिवन नगरपाकिला ८ स्थित रहेको महादेव जनता नमुना माध्यामिक विद्यालयका दुई शिक्षक सेवानिवृत्त भएका छन् ।हरिवन नगरपालिका ८ स्थित रहेको महादेव जनता नमुना मा.वि.का प्रधानाध्यापक जय शंकर सिंह र अङ्ग्रेजी विषयका शिक्षक सुरेन्द्र कुमार कार्की सेवानिवृत्त भएका हुन ।सेवानिवृत्त भएका प्र.अ.सिंह र शिक्षक कार्कीलाई विद्यालय व्यवस्थापन समिति,विभिन्न संघ/संस्थाका प्रतिनिधिहरु,राजनीतिक दलका प्रतिनिधिहरु,विद्यालयका शिक्षक–शिक्षिकाहरु, अभिभावक र विद्यार्थीहरुले अभिनन्दन–पत्र, दोसल्ला,फूलमाला र अबिरले सम्मान सहित बिदाई गरेका हाम्रा सहकर्मी राजु लो तामाङले जानकारी दिए ।


प्र.अ.सिंह सेवा निवृत्त भएपछि प्र.अ.पाएका सहायक प्र.अ गिरिराज राना 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन कुमार कार्कीको अध्यक्षता र हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकी(कमल)को प्रमुख आतिथ्यतामा एक औपाचारीक कार्यक्रमको आयोजना गरि उनीहरुलाई विदाई गरिएको विद्यालय प्रशासनले जनाएको छ । प्र.अ.सिंह सेवा निवृत्त भएपछि सहायक प्र.अ.गिरिराज रानालाई प्र.अको जिम्मेवारी दिइएको छ । प्र.अ.सिंह र शिक्षक कार्कीको बिदाई कार्यक्रममा हरिवन नगरपालिकाकी नगर उपप्रमुख हरिमाया घलान,हरिवन नगरपालिका ८ का वडाध्यक्ष प्रज्वल ढुंगाना,भूतपुर्व विद्यार्थी समाजका सह–संयोजक बिप्लव कार्की र पुर्व प्र.अ ङमेन्द्र प्रसाद घिमिरे लगायतको विशेष उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार