बृहत् शैक्षिक तथा सांस्कृतिक महोत्सव उद्धघाटन गर्न प्रचण्ड भोली सर्लाही आउने

130 Shares


सर्लाहीको बागमती नगरपालिकाले (भोलि)फागुन १२ गते आयोजना गरेको बृहत् शैक्षिक तथा सांस्कृतिक महोत्सव उद्धघाटन गर्न नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम प्रधानमन्त्री पुष्प कमल दाहाल(प्रचण्ड) सर्लाही आउने भएका छन् ।सामुदायिक विद्यालयहरुको शैक्षिक तथा भौतिक गुणस्तर सुधार अभियानमा लागेको बागमती नगरपालिकाले  एकै पटक तीन हजार विद्यार्थीहरु र करिव १५ हजार अभिभावक सहभागी गराई आयोजना गर्न लागेको बृहत् शैक्षिक तथा सांस्कृतिक महोत्सव उद्धघाटन  गर्न माओवादी केन्द्रका अध्यक्ष एवम प्रधानमन्त्री दाहाल भोली फागुन १२ गते सर्लाही आउने भएका नगर प्रमुख भरत कुमार थापाले जानकारी दिए ।428712475_912741897526674_1668022397087884667_n.jpg
उनका अनुसार बागमती नगरपालिका ११,कर्मैयास्थित स्व.सन्तोष श्रेष्ठ स्मृति खेल मैदानमा फागुन १२ गते शनिवार बिहान ११ बजेदेखि एकदिन हुने बृहत् शैक्षिक तथा सांस्कृतिक महोत्सवको उद्धघाटन  गर्न माओवादी केन्द्रका अध्यक्ष एवम प्रधानमन्त्री दाहाल सर्लाही आउने भएका हुन ।दुई सय ५० वर्षे तानासाही शासन व्यावस्थालाई परिवर्तन गरि संघिय लोकतान्त्रीक गणतन्त्र ल्याउने अभिायनको नेतृत्व माओवादी केन्द्रका अध्यक्ष एवम प्रधानमन्त्री दाहालले नै गरेका कारण उनैबाट बृहत् शैक्षिक तथा सांस्कृतिक महोत्सवको उद्धघाटन  गर्न लागिएको  बागमती नगरपालिकाकी नगर उप प्रमुख लिला कुमारी मोक्तानले बताईन् ।उनका अनुसार बृहत् शैक्षिक तथा सांस्कृतिक महोत्सवको उद्धघाटनको पुर्व सन्ध्यामा वृहत् प्रदर्शनी समेत गरिएको छ । 428698341_912741887526675_2531953609226247176_n.jpg
संघियता लागु भएपछि भएको पहिलो निर्वाचनदेखि नै बागमतीका जनप्रतिनिधिहरु नगर भित्रको सामुदायिक विद्यालयको शिक्षालाई कसरी सुधार गर्न सकिन्छ,सुखी,असल र समृद्ध नगर बासी कसरी बनाउन सकिन्छ भन्ने विषयमा वृहतर छलफल पछि पूर्वाधार सँगसँगै चेतनाको समेत विकास गर्नुपर्छ भन्ने निष्कर्षसहित शैक्षिक महोत्सव आयोजना गर्न लागेको बागमती नगरपालिकाको शिक्षा शाखाका ओम बहादुर कार्कीले जानकारी दिए ।bg.jpg
“नगरभित्रका सामुदायिक विद्यालयहरुमा थुप्रै सुधारका काम भई सकेका र सामुदायिक विद्यालयमा शिक्षा सुधारकै अभियान अन्तर्गत ऐतिहासिक शैक्षिक महोत्सव आयोजना गर्न नगरपालिका जुटेको हो ।” शिक्षा शाखा प्रमुख मिन प्रसाद उपाध्यायले बताए ।
“स्थानीय तहको निर्वाचन पहिला नगरका सामुदायिक विद्यालयमा विद्यार्थी संख्या निकै कम थियो त्यो अहिले परिवर्तन भई करिब आठ हजार विद्यार्थी भर्ना भएका छन्,भौतिक संरचनाको कमी र शिक्षक दरबन्दीको अभावले सोचे अनुसारको शैक्षिक गतिविधि गर्न सकिएको थिएन् अहिले सबै सुधार भएका कारण थप नयाँ विद्यार्थीलाई भर्ना लिन सक्ने अवस्था छैन् ।”शिक्षा शाखा प्रमुख उपाध्यायले बताए ।
विद्यार्थीहरुलाई गुणस्तरीय पठनपाठनसँगै उनीहरुको सर्वागिण विकासका लागि समाजको मौलिकता,संस्कार,संस्कृतिका बारेमा पनि ज्ञान दिन आवश्यक ठानेर शैक्षिक तथा सांस्कृतिक महोत्सव आयोजना गर्न लागिएको बागमती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले बताए ।उनका अनुसार महोत्सवमा तीन हजार विद्यार्थीहरुले सातै प्रदेशको संस्कार,संस्कृति झल्किने ८६ मिनेटसम्मको लगातार नृत्य प्रस्तुत गर्ने छन् ।शैक्षिक महोत्सवलाई सफल र उपलब्धीपूर्ण बनाउन विगत तीन महिनादेखि प्रत्येक विद्यालयहरुका विद्यार्थीहरुले तयारी गरि रहेका बागमती नगरपालिकाको शिक्षा सुधार अभियानका सहजकर्ता एवम वृहत राष्ट्रिय शिक्षा सुधार अभियान नेपालका अभियान्ता अभिषेक घिमिरेले बताए ।

सम्बन्धित समाचार