सिन्धुलीकोे मरिण ७ को एक विद्यालयलाई शैक्षिक सामग्री वितरण

1.2k Shares

दुर्गा कुमारी अधिकारी
सिन्धुलीको मरीण गाउँपालिका ७ को एक विद्यालयमा लाईन्स क्लब ईन्टरनेसनल ३२५ एच र लाईन्स क्लब अफ लालबन्दी सेन्चुरीले  शैक्षिक सामग्री वितरण गरेको छ ।मरिण गाउँपालिका ७ स्थित बारबीसेमा रहेको जनकल्याण आधारभुत विद्यालयमा अध्यायनरत विद्यार्थीहरुलाई लाईन्स क्लब ईन्टरनेसनल ३२५ एच र लाईन्स क्लब अफ लालबन्दी सेन्चुरीले  शैक्षिक सामग्री वितरण गरेको हो ।
मरिण गाउँपालिका ७ स्थित बारबीसेमा रहेको जनकल्याण आधारभुत विद्यालयमा अध्यायनरत एक सय आठ जना विद्यार्थीहरुलाई एक सय आठ थान स्कुल झोला र कापी,कलम वितरण गरिएको लाईन्स क्लब ईन्टरनेसनल ३२५ एचका जोन चेयर पर्सन गोपाल श्रेष्ठले जानकारी दिए । 
उनका अनुसार निरन्तर सामाजिक क्षेत्रमा काम गर्दै आएको लाईन्स क्लब ईन्टरनेसनल ३२५ एच र लाईन्स क्लब अफ लालबन्दी सेन्चुरीले विभिन्न समयमा शैक्षिक सामग्रीहरुका साथै विभिन्न विपद्मा परेका मानिसहरुलाई राहत तथा जीविकोपार्जनका लागि आयआर्जनका क्षेत्रमा सहयोग गर्दै आएको छ ।

सम्बन्धित समाचार